काठमाडौंको वसन्तपुरमा शुभ साइतमा चीर ठड्याएर फागुपर्वको विधिवत् सुरुवात गरिएको छ ।
काठमाडौँ — काठमाडौंको वसन्तपुरमा मंगलबार बिहान शुभ साइतमा चीर ठड्याएर यो वर्षको फागुपर्वको विधिवत् रूपमा सुरुवात गरिएको छ ।बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो । चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ ।
