सुनिल पौडेलको भ्रष्टाचार मुद्दामा सिंगापुरको खाता विवरण झिकाउन आदेश 

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश जारी गरेको छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Order to extract Singapore account details in Sunil Poudel's corruption case

What you should know

काठमाडौँ — भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै अदालतले खाताको विस्तृत विवरण माग गरेको हो । पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले अभियोगपत्रमा गरेको थियो ।

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश जारी गरेको छ । 

भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै अदालतले खाताको विस्तृत विवरण माग गरेको हो । पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले अभियोगपत्रमा गरेको थियो । २०८१ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेको मुद्दामा यस्तो दाबी गरेको थियो । 

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता आदानप्रदान सम्झौता भएको थिएन । तर अख्तियारले सुनिलको घरमा खानतलासी गर्ने क्रममा सिंगापुरको सबै विवरण  फेला पारेपछि यस्तो दाबी गरेको थियो । विशेष अदालतले पारस्परिक कानुनी सहायताको सम्झौता नभएको अवस्थामा सिंगापुरबाट ती विवरण पाउन सम्भव छ कि छैन भनी कानुन मन्त्रालयसँग जवाफसमेत मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासको यस्तो आदेश गरेको हो । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले वैशाख, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइपछि विशेष अदालतले खातापाताको विवरण नै पेस गर्न आदेश दिएको हो ।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता आदानप्रदान सम्झौता भएको थिएन । तर अख्तियारले सुनिलको घरमा खानतलासी गर्ने क्रममा सिंगापुरको सबै विवरण भेटाएको थियो । विशेष अदालतले पारस्परिक कानुनी सहायताको सम्झौता नभएको अवस्थामा सिंगापुरबाट ती विवरण पाउन सम्भव छ कि छैन भनी कानुन मन्त्रालयसँग जवाफसमेत मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोहीबमोजिमको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउनू ।’

विशेष अदालतले सिंगापुरको बैंक खातामा भएको खाता र रकमको विवरण झिकाउन नेपाल राष्ट्र बैंकलाई समेत आदेश दिएको छ । उसले सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट विवरण मगाउनु भनेको हो ।

विभिन्न सरकारी ठेक्कापट्टाको घुसबापतको रकम सिंगापुरमा बुझेर बैंकमा बचत गरेको आरोपमा अख्तियारले ९ वैशाख, २०८१ मा सुनिल पौडेल र अनिल पौडेल‍विरुद्ध गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैयाँ सम्पत्ति जोडेको दाबीसहित अख्तियारले त्यो मध्येको २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रुपमा भ्रष्टाचारबाट कमाएको दाबी गरेको थियो । ‘आफू कार्यकारी प्रमुख भएका निकायहरुमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मोलमोलाई गरी गैरकानुनी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गर्ने र त्यस्तो रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको भेटियो भनी दाबी गरेको देखियो । त्यसैले विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोहीबमोजिमको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउनू,’आदेशमा भनिएको छ । 

विशेष अदालतले सिंगापुरको बैंक खातामा भएको खाता र रकमको विवरण झिकाउन नेपाल राष्ट्र बैंकलाई समेत आदेश दिएको छ । उसले सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट विवरण मगाउनु भनेको हो ।

विभिन्न सरकारी ठेक्कापट्टाको घुसबापतको रकम सिंगापुरमा बुझेर बैंकमा बचत गरेको आरोपमा अख्तियारले ९ वैशाख, २०८१ मा सुनिल पौडेल र अनिल पौडेल‍विरुद्ध गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैयाँ सम्पत्ति जोडेको दाबीसहित अख्तियारले त्यो मध्येको २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रुपमा भ्रष्टाचारबाट कमाएको दाबी गरेको थियो ।

Order to extract Singapore account details in Sunil Poudel's corruption case

Order to extract Singapore account details in Sunil Poudel's corruption case

कान्तिपुर

Link copied successfully