पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू आवासीय राजदूत हुन् ।

फाल्गुन १२, २०८२

रासस

Ambassadors of five countries present credentials

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू आवासीय राजदूत हुन् ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । उनहरू नेपालका लागि गैरआवासीय राजदूत हुन् । 

रासस

Link copied successfully