दुर्गा प्रसाईंको मुद्दामा फाइल मगाउने आदेश 

निर्वाचन आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको  बन्दीप्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । 

सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश  जारी गरेको हो ।  प्रसाईंका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरेको हो । 

प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट प्रसाईंमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । त्यसका आधारमा सर्वोच्चले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन लगाएको हो । 

प्रसाईंको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटलाई सर्वोच्चले प्राथमिकतामा राख्दै  २१ फागुनका लागि पेसी तोकिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully