गृहमन्त्री अर्याल र राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्सबीच भेटवार्ता

नेपालमा लागुऔषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचबिखन नियन्त्रण लगायतमा थप सहयोग गर्ने पिटर्सको भनाइ छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal meets with UN Resident Coordinator Leila Peters

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय  सुधार, जलवायु  परिवर्तन र स्थानीय  तहहरुको  क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी  दिनमा थप प्रगाढ हुने विश्वास पनि उनले व्यक्त गरे ।

राष्ट्रसंघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागुऔषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचबिखन लगायतका क्षेत्रमा थप सहयोग र सहकार्य  विस्तार गर्ने  विषयमा चासो व्यक्त गरिन् ।

शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा  निष्पक्ष निर्वाचन सम्पन्न गरी  लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully