धादिङ बस दुर्घटना : केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

धादिङ बस दुर्घटना विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Dhading bus accident: Central Safety Committee meeting underway

काठमाडौँ — धादिङ बस दुर्घटना विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। 

गृहमन्त्री ओम आर्यालको अध्यक्षमा बैठक बस्न लागेको हो। बैठकमा राहत, क्षतिपूर्ती, उपचार ब्यवस्था लगायत विषयमा छलफल हुने बताइएको छ। 

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस सोमबार बिहान करिब सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकबाट त्रिशूलीमा खसेको थियो। 

दुर्घटनामापरि मृत्यु हुनेको संख्या अहिलेसम्म १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। 

एकजनाको भने धादिङमै उपचार भइरहेको छ।

कान्तिपुर

Link copied successfully