धादिङ बस दुर्घटना : १३ जना मृतकको पहिचान खुल्यो

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जनाको पहिचान खुलेको छ ।

फाल्गुन ११, २०८२

पोषनाथ अधिकारी

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा परेका १३ जनाको पहिचान खुलेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस सोमाबार बिहान धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यी हुन् पहिचान खुलेका १३ मृतक :

बेलायती नागिरक अन्दाजी २३ वर्षीय डोमिनिक इथान

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ बस्ने इन्जिनर ठकुरी

तनहुँ शुक्ला गण्डकी नगरपालिका-७ बस्ने ६० वर्षीया विष्णुमाया ढकाल

स्याङ्जा वालिङ नगरपालिका वडा-१४ बस्ने अन्दाजी ६३ वर्षीय चन्द्रबहादुर कुँवर

तनहुँ ब्यास नगरपालिका बस्ने अन्दाजी ४५ वर्षीय आमकुमार मल्ल 

कास्की पोखरा महानगरपालिका ३० बस्ने अन्दजी ४०वर्षीय विवेक बस्तोला 

स्याङ्जा पुतलिबजार नगरपालिका-६ बस्ने अन्दाजी ४५ वर्षीय घनश्याम सुवेदी

तनहुँ व्यास नगरपालिका-५ बस्ने वर्ष ३९ को ओमकुमार श्रेष्ठ 

कास्की लामाचौर बस्ने २६ वर्षीय सुजित नेपाली (चालक) 

तनहुँ शुक्ला गण्डकी गाउँपालिका-७ बस्ने ५५ वर्षीय रुद्रप्रसाद ढकाल 

तनहुँ शुक्ला गण्डकी गाउँपालिका-२ बस्ने २० वर्षीय अर्चन पौडेल 

तनहुँ भीमाद नगरपालिका वडा-६ बस्ने ५५ वर्षीय हरिप्रसाद सिक्देल  

काठमाडौंको काठमाडौं महानगरपालिका-६ बस्ने ४२ वर्षीय लोप्साङ गोले 

पोषनाथ अधिकारी

Link copied successfully