धादिङ बस दुर्घटना : ९ जना मृतकको सनाखत, २४ घाइतेको काठमाडौंमा उपचार हुँदै

घाइतेमध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Dhading bus accident: 9 dead identified, 24 injured undergoing treatment in Kathmandu

काठमाडौँ —  पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा बस दुर्घटना मृतु भएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिकाको भैसीगौडास्थित सडकबाट २०० मिटर तल बस खसेको थियो। धेरैजसोको दुर्घटनास्थलमै मृत्यु भएको थियो।

मृतक नौंजनाहरूमा बेलायतका २४ वर्षीय स्टेवार्ट डोमेनिक इथन, पोखरा– ३० का ४० वर्षीय बिबेक बस्तोला,  स्याङ्जाको वालिङ घर भई हाल जिल्ला काठमाडौँको नागार्जुन बस्ने ६३ वर्षीय चन्द्र बहादुर कुँवर रहेका छन्। 

त्यस्तै तनहुँको व्यास गाउँपालिका ४० वर्षीय ओमकुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी बस्ने ३० वर्षीय ईन्जिनियर ठकुरी, तनहुँ, शुक्ला गण्डकीकी ५५ वर्षीया विष्णु माया, काठमाडौंको बौद्धमा बस्ने ४२ वर्षीय लोप्साङ गोले,  तनहुँको भिमानका हरिप्रसाद सिग्देल र पाल्पाको तानसेनका ५५ वर्षीय नबिन्द्र श्रेष्ठ रहेका छन्। 
Dhading bus accident: 9 dead identified, 24 injured undergoing treatment in Kathmandu

२४ घाइतेको काठमाडौंमा उपचार हुँदै 

घाइतेहरुलाई काठमाडौँ ल्याएर उपचार थालिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमामा १४ जना र नेशनल अस्पताल कलंकीमा १० जनाको उपचार भइरहेको छ। 

राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका एक जनाको भने मृत्यु भएको छ। 

कान्तिपुर

Link copied successfully