लिची बगान घूस प्रकरण : पूर्वमन्त्री श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Litchi orchard bribery case: Order to release former minister Shrestha on bail

काठमाडौँ — विशेष अदालतले पोखराको लिची बगान भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसमेत रहेकी नेपाली कम्युनिस्ट पार्टीकी नेता रन्जिता श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो ।

कान्तिपुर

Link copied successfully