गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Central Security Committee meeting at the Ministry of Home Affairs

काठमाडौँ — गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully