नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई मंगलबार सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

NCP Majority General Secretary Dharmendra Bastola arrested

काठमाडौँ — प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई मंगलबार सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले बताए । 

उनीसँगै पार्टीका काभ्रे सेक्रेटरी विष्णुप्रसाद तिम्सिना पनि पक्राउ परेका छन् । उनीहरुले २१ फागुनको निर्वाचन विरोध गर्दै मंगलबार हड्तालको आह्वान गरेका थिए । तर, त्यसको खासै प्रभाव परेको थिएन । 

‘चुनावका बेला जनतामा डर, त्रास फैलाएर सार्वज्निक सेवा प्रवाहमा असर पुर्याएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ खड्काले भने, ‘उहाँहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष मुद्दा चलाउने गरी बुझाउँछौं ।’

कान्तिपुर

Link copied successfully