फेरि पक्राउ परे दुर्गा प्रसाईं

सोमबार राति ९ बजे थिमिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक बताउने दुर्गा प्रसाईंले फेरि पक्राउ गरेको छ ।

सोमबार राति ९ बजे थिमिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले निर्वाचन आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको कान्तिपुरलाई जानकारी दिए । यसअघि पनि प्रहरीले यही कसुरमा पक्राउ गरेको थियो । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully