भक्तपुरको डोलेश्वर महदेव मन्दिरमा दर्शीनार्थीको घुँइचो

बिहान ४ वजेदेखि नै दर्शनार्थीहरू दर्शनका लागि लाइन लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

फाल्गुन ३, २०८२

सुन्दर शिल्पकार

What you should know

भक्तपुर —  भक्तपुरको डोलेश्वर स्थित केदारनाथको शीर मानिने डोलेश्वर महादेवको मन्दिरमा बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

आइतबार बिहान ४ वजेदेखि नै दर्शनार्थीहरू दर्शनका लागि लाइन लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। समितिका महासचिव हरिशरण बस्नेतका अनुसार आधा घण्टा भित्र मन्दिरकमे गर्भ गृहमा प्रवेश गरि दर्शनको व्यवस्था गर्ने गरि तयारी गरेको जनाएको छ। 

शिवरात्री डोलेश्वरमा आएका  साधुसन्तहरुलाई ५ दिनका लागि भोजन, दक्षिणा, कम्बल, धोती गरी प्रति साधु तीन हजार ५०० रुपैयाँ समितिको तर्फबाट वितरण गरिने समेत जनाएको छ । शिवरात्रीका लागि तीन सय भन्दाबढी साधुसन्त डोलेश्वर आउने समितिले जनाएको छ।

महाशिवरात्रीमा आएका साधुसन्तहरुलाई धुनी बाल्न दाउराको व्यवस्थाको लागि दाउरा लोड गर्न रणशेर गण सूर्यविनायकबाट सहयोग गरिएको छ । महाशिवरात्री पर्वका दिन आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादको व्यवस्था श्री मानव सेवा संघ कुलेश्वर काठमाडौंले गरेको छ।

सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरिय प्रहरी वृत जगाती र प्रहरी चौकी डोलेश्वर, ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुर स्वास्थ्य शिविर रणशेर गण सूर्यविनायकबाट हुने भएको भएको छ।

त्यस्तै विभिन्न संघ संस्था तथा महिला समुहलाई स्वयंसेवक परिचालनको लागि जिम्मेवारी दिइएको छ। शिवरात्रीको दिन  नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाबाट रक्तदान कार्यक्रम समेत हुने छ। 

प्रत्येक वर्ष झै यस वर्ष पनि डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीका समयमा साधुसन्तहरुलाई क, ख, ग गरि तीन आधारमा वर्गिकरण गरी सोही अनुसार दक्षिणा समेत उपलब्ध गराईने भएको छ। 

यस मन्दिरको वर्षिक कार्यक्रम अनुसार शिवरात्री दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजे देखि बेलुका ८ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुल्ला रहने  छ।

सुन्दर

Link copied successfully