विमानस्थलमा सुरक्षा व्यवस्था कडा

बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुस र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कँदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए । त्यसैले पनि सुरक्षा निकायले विमानस्थल आसपासमा सुरक्षा तैनाथी बढाएको हो ।



कान्तिपुर

Link copied successfully