दुर्गा प्रसाईंसहित राजावादी समूहले विमानस्थलमा उपस्थितिका लागि आह्वान गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै दुर्गा प्रसाईंसहित राजावादी समूहले विमानस्थलमा उपस्थितिका लागि आह्वान गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
झापाबाट शुक्रबार काठमाडौं आउँदै गरेको पूर्वराजा शाहको स्वागतमा जम्मा भएको भीडका कारण तनाव सिर्जना नहोस् भन्ने उद्देश्य रहेको बताउँदै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
अहिले विमानस्थल आसपास सिनामंगल, तीनकुने लगायतका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ । प्रशासनले बिहीबार मात्र विमानस्थल क्षेत्रमा ठूलो संख्यामा हुने भेलामा रोक लगाउँदै निषेधाज्ञा जारी गरेको थियो ।
शाहलाई स्वागत गर्ने समूहमध्येका एक दुर्गा प्रसाईंले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरूले शान्तिपूर्ण कार्यक्रम गर्न लागेको तर, प्रशासनले निषेधाज्ञा लगाएको बताए । ‘हामी शान्तिपूर्ण रूपमा सभा गर्दैछौं, दमन गरिए राजालाई सिधै नारायणहिटी लैजान्छौं,’ उनले दाबी गरेका थिए ।
