प्रमुख जिल्ला अधिकारीको विवरण सुनेपछि आफूहरूलाई आवश्यक निर्देशन दिएको सुरक्षा अधिकारीले बताएका छन् ।
ताप्लेजुङ — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।
शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट आएकी कार्की पहिला पाथीभरा दर्शनमा गएकी थिइन् ।
दर्शनबाट फर्किएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं लगायत सुरक्षा अधिकारीसँग जिल्लाको वस्तुस्थिति र तयारीका बारेमा जानकारी लिएकी थिइन् । प्रमुख जिल्ला अधिकारीको विवरण सुनेपछि आफूहरूलाई आवश्यक निर्देशन दिएको सुरक्षा अधिकारीले बताएका छन् । झन्डै एक घण्टासम्म बसेकी कार्कीले अन्य जिल्लाको अवस्थाका बारेमा पनि जिल्लाका सुरक्षा अधिकारीलाई सुनाएको एक सहभागीले बताए ।
कार्की काठमाडौं फर्किएकी छन् ।
