विमानस्थलबाहिर उनका शुभेच्छुक र समर्थकहरुको उपस्थिती देखिएपनि पूर्वाराजाको उनीहरुसँग संवाद भने भएन् ।
काठमाडौँ — झापाबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आइपुगेका छन् । उनी विमानस्थलबाट सोझै निर्मलनिवासतिर लागेका छन् ।
विमास्थलबाहिर उनका शुभेच्छुक र समर्थकहरुको उपस्थिती देखिएपनि पूर्वाराजाले उनीहरुसँग संवाद भने भएन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै दुर्गा प्रसाईंसहित राजावादी समूहले विमानस्थलमा उपस्थितिका लागि आह्वान गरेका थिए । त्यसैले सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
अहिले विमानस्थल आसपास सिनामंगल, तीनकुने लगायतका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ । प्रशासनले बिहीबार मात्र विमानस्थल क्षेत्रमा ठूलो संख्यामा हुने भेलामा रोक लगाउँदै निषेधाज्ञा जारी गरेको थियो ।
