राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,' विज्ञप्तिमा उल्लेख छ ।


कान्तिपुर

Link copied successfully