राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

राष्ट्रिय सभाको आगामी बैठक १ फागुन शुक्रबार दिउँसो १२:१५ बजे बस्नेछ ।

माघ २८, २०८२

रासस

काठमाडौँ — राष्ट्रिय सभाले चलचित्र विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । सभाको आगामी बैठक १ फागुन शुक्रबार दिउँसो १२:१५ बजे बस्नेछ ।  

रासस

Link copied successfully