राज्यले लिएको लक्ष्य पूरा गराउन अवकाशप्राप्त प्रहरीले पनि सहयोग गर्नुपर्छ : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सहयाेगी भूमिका निर्वाह गर्न अवकाशप्राप्त प्रहरी कर्मचारीलाई अनुरोध गरेका हुन् ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Retired police officers should also help the state achieve its goals: Inspector General Aryal

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यले लिएको लक्ष्य पूरा गराउन संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु समेत एकजुट हुनु पर्ने बताएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की परिसरमा निर्माण भएको नेपाल पूर्व सशस्त्र प्रहरी संघ भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलपूर्वक सम्पन्न गराउन यस्तो अनुरोध गरेका हुन् । 

कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको भूमिका समेत उल्लेखनीय रहने उनको उनले विश्वास व्यक्त गरे । अर्यालले उनीहरुले समाजमा हुने वा हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालगायतलाई संगठनसम्म पुर्याइ त्यस्ता कार्यलाई समयमा नै रोक्न सहयोग गर्नेतर्फ लाग्नुपर्ने बताए । 

यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालमा भर्ना भएका निर्वाचन प्रहरीको भूमिका, राष्ट्रिय सुरक्षामा समेत महत्वपूर्ण हुने बताउँदै उनीहरुलाई विपद् सूचकको रुपमा स्थापित गर्ने बताए ।

कान्तिपुर

Link copied successfully