सेनालाई प्रधानमन्त्रीको निर्देशन- चुनावमा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्नू

विगतमा समन्वयमा त्रुटि भएको भए अहिले त्यस्तो दोहोरिन नपाओस् भनेर सचेत रहन समेत पनि उनले निर्देशन दिइन्।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister instructs the army to coordinate with all security agencies during the elections

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सेनालाई निर्देशन दिएकी छिन्। 

रक्षामन्त्री समेत रहेकी उनले मंगलबार जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सुरक्षा संवेदनशीलताका आधारमा सबैसँग समन्वय गर्न निर्देशन दिएकी हुन्।

‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरुबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्,’ कार्कीले भनिन्।

विगतमा समन्वयमा त्रुटि भएका भए अहिले त्यस्तो दोहोरिन नपाओस् भनेर सचेत रहन समेत पनि उनले निर्देशन दिइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस् ।’

पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा जारी छ। 

कान्तिपुर संवाददाता

Link copied successfully