रामेछापमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान ११ बजे सडकबाट तामाकोशी नदीमा खसेको हो।

माघ २७, २०८२

नवराज श्रेष्ठ

Bus accident in Ramechhap: Death toll reaches 9

रामेछाप — रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा बस दुर्घटना ज्यान गुमाउनेको संख्या ९ जना पुगको छ ।

काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ९ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।

१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully