काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको यात्रुवाहक बस मंगलबार बिहान ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
रामेछाप — रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुवाहक बस दुर्घटनामा मृतककाे सङ्ख्या १२ पुगेको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको यात्रुवाहक बस मंगलबार बिहान ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
दुर्घटनास्थलबाट अपरान्ह ४ बजेसम्म १२ वटा शव सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ९ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको हो।
तामाकोशीमा डुबेको बसबाट केही घाइतेलाई निकालेर उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
सामान्य घाइते भएका चालकको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न बाँकी नै छ । ७ जना घाइतेलाई सिन्धुली खुर्कोटस्थित शुभजीवन अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको छ ।