बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।
काठमाडौँ — राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताए ।
यसैगरी बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसबाट २०५४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १:१५ बजे बस्नेछ ।
