बाबुरामका बुबा भोजप्रसादप्रति दाहालकाे श्रद्धाञ्जली

बाबुराम भट्टराईका बुबा भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली दिन दाहाल सोमबार कोटेश्वरस्थित भट्टराई निवास गएका थिए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Dahal pays tribute to Baburam's father Bhoj Prasad

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समवेदना दिन भट्टराई निवास कोटेश्वर पुगेका छन् ।

भट्टराईका बुबा भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली दिन उनी सोमबार कोटेश्वर गएका थिए । बाबुरामका भाइ शिवको घरमा गएर उनले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

संयोजक दाहालले बुबाको स्मरण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । भोजप्रसादको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully