आजको मौसम अनुमान : दिउँसो तराईमा हुस्सु, कोशीका उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Today's weather forecast: Haze in the Terai in the afternoon, rain and snowfall in the high hills and mountainous regions of Koshi

काठमाडौँ — आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ ।

कोशी  प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully