प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा शुक्रबार पक्राउ गरेर म्याद थप गर्न अदालत उपस्थित गराएको थियो ।
काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको छ ।
प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा शुक्रबार पक्राउ गरेर म्याद थप गर्न अदालत उपस्थित गराएको थियो । तर, अदालतले हाजिर जमानतमा छाड्न आदेश दिएको साइबर ब्युरोका एसपी दिपक अवस्थीले बताए ।
विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै उनलाई कारबाही गर्न निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी थियो । उनलाई प्रहरीले पर्साको वीरगन्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेका बेला पक्राउ गरेको थियो । निजी गाडीमा पर्सातर्फ जाँदै गरेका उनलाई प्रहरीले चाल्नाखेलबाट नियन्त्रणमा लिएर साइबर ब्युरो ल्याएको थियो ।
