निर्वाचन निष्पक्ष बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ: आयुक्त ज.ब.रा

पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानुन र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

The role of observers is important in making the election fair: Commissioner J.B.R.

काठमाडौँ — निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभाको  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानुन र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरुको भुमिका महत्वपूर्ण हुन्छ,’ ज.ब.रा.ले भने, ‘यो निर्वाचनलाई सफल र पारदर्शी बनाउने पनि महत्वपूर्ण भूमिका तपाईंहरुको छ । पर्यवेक्षणमा खटिने हरेक पर्यवेक्षकले नेपालको संविधान बुझेको हुनुपर्छ। नेपालको कानुन बुझेको, निर्वाचन कानुन, निर्वाचनको समग्र वस्तुस्थिति पनि बुझेको हुनुपर्छ । त्यो बुझेको मान्छेले पर्यवेक्षण गर्न सहज हुन्छ ।’ 

विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गरे। 

ज.ब.रा.ले  पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गरे।

कान्तिपुर

Link copied successfully