गृहमन्त्री अर्याल र युएनओडिसी क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालले यूएनओडिसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Courtesy call between Home Minister Aryal and UNODC Regional Representative

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । 

साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए ।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडीसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully