प्रहरी धुलो टकटक्याएर उठेको छ : प्रहरी महानिरीक्षक कार्की

कार्कीले पछिल्लो समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको बताउँदै अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराध वृद्धि एवं विकास हुँदै गइरहेका बेला ती समस्यालाई चिर्ने गरी अघि बढ्न प्रहरीहरूलाई निर्देशन दिए ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Police have shaken off the dust: Inspector General of Police Karki

काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक कार्कीले भने, ‘नेपाल प्रहरीले अनेकौँ उतारचढाव, जलन र दलनका बाबजुद हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित छ । धुलो टकटक्याएर उठेको छ । खरानीबाट उठेको छ । र पुनः नागरिकको सेवामा समर्पित भएको छ । अनि आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको छ ।’

प्रहरी महानिरीक्षक कार्कीले अनेकौँ उतारचढाव, जलन र दलनका बाबजुद हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत रहेको बताउँदै जनअपेक्षा र दायित्वको गहिराइलाई ध्यानमा राखेर काम गर्न प्रहरीहरूलाई निर्देशन दिए । कार्कीले पछिल्लो समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको बताउँदै अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराध वृद्धि एवं विकास हुँदै गइरहेका बेला ती समस्यालाई चिर्ने गरी अघि बढ्न प्रहरीहरूलाई निर्देशन दिए ।

कान्तिपुर

Link copied successfully