डोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

ट्याक्टरको ब्रेक फेल भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Driver dies in tractor accident in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा साेमबार भएकाे ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

ठूलीभेरी नगरपालिका-४ तिप्लाबाट ढुङ्गा बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको लु५त ७३१ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका करिब २० वर्षीय विशाल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ब्रेक फेल भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।

कान्तिपुर

Link copied successfully