३० जिल्लाको प्रत्यक्षतर्फको  मतपत्र छपाइ सकियो

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Direct ballots for 30 districts have been printed.

काठमाडौँ — आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३० जिल्लाको मतपत्र छपाइ भएको छ। 

निर्वाचन आयोगका अनुसार सोमबारसम्म ३० जिल्लाका लागि प्रत्यक्षतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ सकिएको हो।

आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको बताएकाे हाे। समानुपातिक निर्वाचन प्रणालीतर्फ भने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

कान्तिपुर

Link copied successfully