‘भ्यालेन्टाइन्स डे’मा पोखरामा गुञ्जिँदै सुगम र कमल

‘मेरो एउटा साथी छ’ नाम दिइएको कन्सर्ट २ फागुन (फेब्रुअरी १४) मा पोखराको लेकसाइडमा रहेको लेभल्स क्लबमा आयोजना गरिने छ ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Sugam and Kamal are resonating in Pokhara on Valentine's Day

What you should know

पोखरा — प्रेम दिवसको अवसर पारेर पोखरामा चर्चित पपगायक सुगम पोखरेल र कमल खत्रीको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ ।

‘मेरो एउटा साथी छ’ नाम दिइएको कन्सर्ट २ फागुन (फेब्रुअरी १४) मा पोखराको लेकसाइडमा रहेको लेभल्स क्लबमा आयोजना गरिने आयोजकले जनाएका छन् ।

मेन मिडिया र एसटी क्रिmयसनको संयुत्त आयोजनामा हुन लागेको कार्यक्रमबारे शुत्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजकका अनुसार सुगम पोखरेलले बाजागाजा ब्यान्डसँग आफ्ना चर्चित प्रेमगीतहरू प्रस्तुत गर्दै दर्शकलाई प्रेममय सांगीतिक वातावरणमा डुबाउनेछन् । मेन मिडियाका प्रबन्ध निर्देशक सुन्दर बस्यालले जीवनमा गास, बास र कपाससँगै प्रेम पनि उत्तिकै आवश्यक तत्व भएको उल्लेख गर्दै संगीतले मानिसलाई भावनात्मक रूपमा जोड्ने विश्वास व्यक्त गरे । उनका अनुसार कार्यक्रमले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा ल्याई मैत्रीभाव, प्रेम र एकताको सन्देश फैलाउने लक्ष्य राखेको छ ।

एसटी क्रियसनका प्रबन्ध निर्देशक सुरज थापाले सुगम नेपाली पप संगीतका स्थापित ब्रान्ड भएको उल्लेख गर्दै उनका गीतले विशेषगरी युवापुस्तालाई प्रेम दिवसमा झुमाउने बताए । कार्यक्रममा गायक कमल खत्रीका साथै केही अन्य चर्चित कलाकारको समेत प्रस्तुति रहने उनले जानकारी दिए । उक्त दिन अन्य विशेष कलाकार समेत सहभागी हुने उनले सुनाए ।

नेपाली पप संगीतलाई मूलधारमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएका सुगमले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका कालजयी गीतमार्फत माहोल तताउने अपेक्षा आयोजकको छ । पत्रकार सम्मेलनमा सहभागी गायक विनोद बानियाँले यस्ता सांगीतिक गतिविधिले सहरको सांस्कृतिक जीवन्तता बढाउने बताए । प्राविधिक कारणले आफ्नो सांगीतिक समूह सहभागी हुन नसके पनि कार्यक्रम सफल हुने विश्वास ऊनले व्यक्त गरे ।

आयोजकका अनुसार हाल चुनावी गतिविधि चलिरहेकाले कार्यत्रम क्लबभित्रै आयोजना गर्न लागिएको हो । लेभल्स क्लबका सञ्चालक अमित रोकाका अनुसार करिब ७ सय दर्शकले प्रत्यक्ष रूपमा कार्यक्रम अवलोकन गर्न सक्नेछन् र सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ ।

कान्तिपुर

Link copied successfully