घाइतेलाई ट्रमा सेन्टर लगिएको छ । घाइतेबाट कस्तो खाले हतियार बरामद भयो भन्नेबारे समेत हालसम्म खुलाइएको छैन ।
काठमाडौँ — काठमाडौंमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न आरोपितलाई समात्न प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाइएको दाबी गरेका छन् । त्यसक्रममा घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको छ । घाइतेबाट कस्तो खाले हतियार बरामद भयो भन्नेबारे समेत हालसम्म खुलाइएको छैन ।
‘घाइते अवस्थामा पक्राउ गरिएका एक जनासहित कम्तिमा १० जना पक्राउ परेका छन्, केही समयपछि यसबारे विस्तृतमा सार्वजनिक गर्छौं,’ एसएसपी थापाले कान्तिपुरसँग भने ।
