राष्ट्रिय सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण

राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो जसमा नेपाली कांग्रेस र नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धन विजयी भएको थियो।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

National Assembly election report handed over to President

काठमाडौँ — बुधबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा लगायतले शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ। 

बुधबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा लगायतले शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्। 

राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो। 

नेपाली कांग्रेस र नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धन सबै सिटमा विजयी भएको थियो। 

कान्तिपुर संवाददाता

Link copied successfully