बैतडीबाट घन्टी बजाएर फर्के बालेन्द्र

बालेन्द्र शाहको उपस्थिति मात्रले पनि पार्टी कार्यकर्ता र शुभेच्छुकमा उत्साह र हौसला बढेको रास्वपा सुदूरपश्चिम प्रदेश संस्थापक महामन्त्री भोजराज जोशीले बताए ।

माघ १४, २०८२

मोहन चन्द

Balendra returned from Baitadi after ringing the bell.

बैतडी — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणका क्रममा बैतडी पुगेर फर्केका छन् । बुधबार बिहान बैतडीको पाटनमा रास्वपाको सम्पर्क कार्यालयमा आमजनताका सामु नबोलेरै पार्टीको चुनाव चिह्न घन्टी बजाएर उनी फर्केका हुन् ।

बालेन्द्रले पार्टीको सम्पर्क कार्यालयभित्र उपस्थित पार्टीका नेता-कार्यकर्तासँग भेटघाट गरे पनि बाहिर उपस्थित कार्यकर्ता र आमजनतासामु एक शब्द नबोली फर्केका हुन् । 

निर्वाचन आचारसंहिताले गर्दा आमजनतासामु नबोलेर सांकेतिक भाषामा चुनाव चिह्न घन्टी मात्रै बजाएर शाह दार्चुलातिर लागेको रास्वपा सुदूरपश्चिम प्रदेश संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए । 

बालेन्द्र शाहको उपस्थिति मात्रले पनि पार्टी कार्यकर्ता र शुभेच्छुकमा उत्साह र हौसला बढेको उनले बताए । बालेन्द्र बैतडीबाट दार्चुला हुँदै बुधबार साँझ बझाङ पुग्ने कार्यक्रम रहेको रास्वपा बैतडीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully