बैतडीसहित सुदूरपहाडमा हिमपात र वर्षा, किसान हर्षित

हिमपात र वर्षाले किसानलाई राहत मिल्ने कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Snowfall and rain in remote mountains including Baitadi, farmers happy

बैतडी — बैतडीसहित सुदुरपश्चिमका पहाडी जिल्लामा शुक्रबार हिमपातसहित वर्षा भएको छ ।

शुक्रबार राती डडेल्धुरा, बझाङ दार्चुला र बैतडी जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझ देहिमाण्डौ लगायतका क्षेत्रमा हिमपात भएको हो । असोज महिनादेखि वर्षा नभएपछि जिल्लामा खडेरीले हिउँदेवाली सुक्न थालेको थियो । यो हिमपात र वार्षा ले किसान लाई राहत मिल्ने कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully