समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइको काम सम्पन्न गरेको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Ballot papers for proportional representation have been printed.

भक्तपुर — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।

केन्द्रले सोमबारबाट प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने उनले जानकारी दिए। केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully