नक्कली भुटानी शरणार्थी प्रकरण : २४ गते जलेका मिसिल प्राप्त गर्ने आदेश

पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Fake Bhutanese refugee case: Order to receive burnt missiles on 24th

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ ।

पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मिसिल प्रमाण झिकाउने आदेश गरेको हो । 

गत भदौ २४ गते भएको आगजनीमा परेर जलेका मिसिलमध्ये केही प्रतिवादीको मिसिल प्राप्त भएपनि सबै प्राप्त नभएकाले इजलासले प्रमाण झिकाउने आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully