‌ऋषि धमला चुनावी अभियानका क्रममा साइकलबाट लडेका हुन् ?

कहिले जेरी पकाउँदै, कतै उखु काट्दै त कहिले मतदातासँग अंकमाल गर्दै रोइरहेको दृश्यसहितका उनका भिडियो पछिल्लो समय समाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।

माघ १०, २०८२

दया दुदराज

Did Rishi Dhamala fight on a bicycle during the election campaign?

What you should know

काठमाडौँ — आसन्न निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा मतदाता रिझाउन व्यस्त छन् । यही होडमा पूर्व सञ्चारकर्मी तथा आम जनता पार्टीबाट रौतहट–४ का उम्मेदवार ऋषि धमलाको प्रचारप्रसार पनि सामाजिक सञ्जालमा व्यापक रूपमा देखिन थालेको छ ।

कहिले जेरी पकाउँदै, कतै उखु काट्दै त कहिले मतदातासँग अंकमाल गर्दै रोइरहेको दृश्यसहितका उनका भिडियो पछिल्लो समय फेसबुक, टिकटक र युट्युबमा छ्याप्छ्याप्ती छन् ।

यसैबीच धमला साइकल चलाउँदै गर्दा लडेको दाबी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा खादामाला लगाएका धमलाजस्तै देखिने व्यक्ति साइकलमा सवार देखिन्छन् । वरिपरि केही स्थानीयजस्ता देखिने युवा र बालबालिका उभिएका छन् । केही सेकेन्डमै साइकल गुडाउँदै गर्दा ती व्यक्ति लडेको दृश्य भिडियोमा देखिन्छ ।

उक्त भिडियो गत बिहीबार राति ११ बजेर ५ मिनेटमा ‘कस्तो छ अमेरिका ?’ नामक फेसबुक पेजबाट पोस्ट गरिएको थियो । समाचार तयार पार्दासम्म भिडियो तीन लाखभन्दा बढी पटक हेरिएको छ भने १५ सयभन्दा बढी प्रतिक्रिया र सयौं टिप्पणी आएका छन् ।

Did Rishi Dhamala fight on a bicycle during the election campaign?

तर, के साँच्चै ऋषि धमला साइकल चलाउँदै गर्दा लडेका हुन् त ?

भाइरल भएको उक्त भिडियोको सत्यता पत्ता लगाउन हामीले ‘हाइभ मोडरेसन’ नामक ‘डिपफेक’ सामग्री पहिचान गर्ने टुल प्रयोग गर्‍यौं । उक्त टुलले भिडियो ९६ प्रतिशतसम्म एआईद्वारा सिर्जित हुन सक्ने देखाएपछि त्यसलाई थप पुष्टि गर्न ‘इनभिड’ भेरिफिकेसन टुलमा पनि परीक्षण गर्‍यौं ।

Did Rishi Dhamala fight on a bicycle during the election campaign?
‘इनभिड’बाट भिडियोका 'कीफ्रेम' निकालेर सूक्ष्म रूपमा विश्लेषण गर्दा धमलाको अनुहारको बनावट र हातको लम्बाइ अस्वाभाविक देखिन्छ । केही फ्रेममा अनुहार विकृत भएको तथा शारीरिक अनुपात मिलेको नदेखिनुजस्ता संकेत भेटिए । यी सबै आधारले उक्त भिडियो एआईको माध्यमबाट बनाइएको ‘डिपफेक’ भन्ने पुष्टि गर्छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully