पूर्वी नवलपरासीको गैंडाकोट डेढगाउँ कालिगण्डकी सडकमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।
नवलपरासी — यहाँको बुलिङ्टारमा झापाको एक स्कुलका विद्यार्थी सवार बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । उनीहरूमध्ये गम्भीर अवस्थाका २ जना विद्यार्थीलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
जिल्ला प्रहरीका अनुसार झापास्थित निभी आदर्श कलेजका विद्यार्थी शैक्षिक भ्रमण सकेर पोखरा हुँदै गैंडाकोटतर्फ आउँदै गर्दा कालिगण्डकी सडकमा बस दुर्घटनामा परेको हो ।
बसमा ३४ विद्यार्थी थिए । घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट डेढगाउँ कालिगण्डकी सडकमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।