आफ्नो नाममा राखेको बन्दुक,राइफल,रिभल्वर,पिस्तोल लगायत गोली गट्ठा,माघ मशान्तभित्र बुझाउन आग्रह गरिएको छ ।
काठमाडौँ — जिल्ला प्रशासन कार्यालय,बर्दियाले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा माघ मसान्तभित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियार भएकाहरुलाई हतियार बुझाउन आग्रह गरिएको हो ।
आफ्नो नाममा राखेको बन्दुक,राइफल,रिभल्वर,पिस्तोल लगायत गोली गट्ठा,माघ मशान्तभित्र बुझाउन आग्रह गरिएको छ ।
अवाञ्छित गतिविधि,हिंसा,डरत्रास, वा दुरुपयोगको संभावनालाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको कार्यालयले जनाएको छ । बुझाइएको हातहतियार अनिवार्यरुपमा भपाई(रसिद) लिन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन प्रक्रिया सम्पन्न भइसकेपछि ०८२ चैत २० गते सम्बन्धित धनीले उपस्थित भई भर्पाईको आधारमा हतियार बुझिलिन पाउनेछन् ।
प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालले तोकेको समयमा हतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही गरिने बताए ।
