शाक्यले बौद्धदर्शनमा विद्यावारिधि गरेका छन् ।
काठमाडौँ — एमालेका अजयक्रान्ति शाक्यले काठमाडौं क्षेत्र नम्बर- ९ बाट उम्मेदवारी दर्ता गराएका छन् । चन्द्रागिरी नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउने क्रममा शाक्यसँगै यो क्षेत्रका निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ पनि थिए । बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रहेका शाक्य २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ (क) बाट निर्वाचित भएका थिए ।
शाक्यले बौद्धदर्शनमा विद्यावारिधि गरेका छन् । काठमाडौं ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्याल, कांग्रेसका नानु बास्तोलालगायत चुनावी प्रतिस्पर्धामा छन् ।
