पाल्पा–२ मा एमालेबाट ठाकुर गैरे उम्मेदवार

गैरे एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Thakur Gaire is the candidate from UML in Palpa-2.

पाल्पा — मनोनयनकै दिन नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर प्रसाद गैरेलाई उम्मेदवार बनाएको छ ।

एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार मंगलबार बिहान मात्र एमाले केन्द्रीय सदस्य गैरेको नाममा टिकट फाइनल भएको हो । 

मंगलबार बिहानसम्म भने पाल्पा क्षेत्र नम्बर २ मा रामबहादुर राउतको नाम चर्चामा थियो । राउत उम्मेदवारी दर्ताको तयारीमा जुटेकै बेला पार्टीले गैरेलाई टिकट दिएको हो ।

गैरे एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार थिए ।

कान्तिपुर

Link copied successfully