उम्मेदवारी दर्ता गराएपछि विराजभक्त श्रेष्ठले भने, 'हामी सुसंस्कृत राजनीति र जवाफदेही नेतृत्वको मार्गमा अगाडि बढ्छौं ।'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
श्रेष्ठले मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी मनोनयन दर्ता गराएपछि श्रेष्ठले मतदाताको विश्वास, आशा र जिम्मेवारीबाट निर्देशित भएर अगाडि बढ्ने बताएका छन् । उनले भने, 'हामी सुसंस्कृत राजनीति र जवाफदेही नेतृत्वको मार्गमा अगाडि बढ्छौं ।'
श्रेष्ठ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ८ बाटै निर्वाचित भएका थिए ।
