नेकपाका पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गराए

निर्वाचन अधिकृतको कार्यालय पुगेर पुनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

NCP's Pun files candidacy from Rolpa

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुनले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । 

२०७९ को निर्वाचनमा पनि पुनले रोल्पाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितेका थिए । 

पुनले मनोनयन दर्ता गराउने क्रममा पुर्वउपराष्ट्रपति नन्दकिशोर पुन र नेकपाका नेताहरू झक्कुप्रसाद सुवेदी लगायत सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully