गौरीबहादुर कार्की आयोगको म्याद २० दिन थप्न सरकारलाई पत्र

८ असोजबाट आयोगले काम थालेकामा तोकिएको तीन महिना सकिएपछि गत महिना थप एक महिना बढाइएको थियो । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरु २० दिन म्याद बढाउन आग्रह गरेको हो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Letter to the government to extend the term of the Gauri Bahadur Karki Commission by 20 days

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले २० दिन अवधि थप्न सरकारलाई पत्र पठाएको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै प्रतिवेदन लेखनको काम नसकिएको भन्दै थप २० दिन समय बढाउन आग्रह गरेको हो ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा तीन सदस्यीय आयोग आयोग गठन गरेको थियो । ८ असोजबाट आयोगले काम थालेकामा तोकिएको तीन महिना सकिएपछि गत महिना थप एक महिना बढाइएको थियो । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरु २० दिन म्याद बढाउन आग्रह गरेको हो । पछिल्लो पटक थप गरिएको समय ८ माघ (बिहीबार) सकिदैछ । थपिएको म्यादबाट गणना हुने गरी आयोगले थप २० दिन समय मागेर पत्र पठाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully