कांग्रेसबाट कञ्चनपुर-२ मा पूर्वपरराष्ट्रमन्त्री साउद बने उम्मेदवार

कांग्रेसले कञ्चनपुर-१ मा गोपी उपाध्याय र कञ्चनपुर-३ मा हरि बोहोरालाई उम्मेदवार बनाएको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Former Foreign Minister Saud becomes Nepali Congress candidate in Kanchanpur-2

काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री एनपी साउदलाई कांग्रेसले कञ्चनपुर-२ बाट उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको सिफारिसमा सभापति गगन थापाले कञ्चनपुर-२ बाट साउदलाई प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् ।

उनले मंगलबार १ बजेपछि मनोनयन दर्ताको तयारी गरेको जानकारी दिए ।

कांग्रेसले कञ्चनपुर-१ मा गोपी उपाध्यायलाई उम्मेदवार बनाएको छ । रमेश लेखकले २०७९ को निर्वाचनमा जित हासिल गरेको कञ्चनपुर-३ बाट भने कांग्रेसले हरि बोहोरालाई उम्मेदवार बनाएको छ । 

साउद पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् ।

कान्तिपुर

Link copied successfully