सेनाको राष्ट्रिय सेवा दलको एक सय दिनको तालिम प्राप्त गरेका मध्ये १६ जना एनसीसी क्याडेटहरु नेपालको प्रतिनिधित्व गर्दै दिल्ली पुगेका हुन्।
सुर्खेत — नेपाली सेनाको एनसीसी तालिम प्राप्त गरेका १६ जना क्याडेटडहरु युथ एक्सेन्ज कार्यक्रमका लागि भारतको राजधानी दिल्ली पुगेका छन् ।
सेनाको राष्ट्रिय सेवा दलको एक सय दिनको तालिम प्राप्त गरेका मध्ये १६ जना एनसीसी क्याडेटहरु नेपालको प्रतिनिधित्व गर्दै दिल्ली पुगेका हुन्।
सेनानी निश्चित गौतमको नेतृत्वमा दिल्ली पुगेका क्याडेटहरु १६ दिनसम्म त्यहाँ रहने छन्। दिल्लीमा नेपाली क्याडेट मात्र नभएर २१ देशका एक सय दिनको तालिम प्राप्त क्याडेटहरु उपस्थित हुने छन् ।
‘विभिन्न देशका युथहरुले आफ्ना सिकाइ साटासाट गर्नुको साथै भारतका विभिन्न स्थानका सम्पदाको समेत अवलोकन गर्ने छन्,’ सेनानी गाैतमले भने, ‘भारतको गणतन्त्र दिवसको परेड अवलोकन र विशिष्ट व्यक्तिहरुसँग आफ्ना कुरा राख्न पाउने छन् ।’ यो सेना र एनसीसी क्याडेटका लागि राम्रो अवसर भएको उनले बताए।