नेकपाले खोटाङमा हरि रोकालाई दियो टिकट

नेकपाका संयोजक पुष्पकमल दाहालले रोकालाई आइतबार टिकट वितरण गरेका हुन् ।

माघ ४, २०८२

डम्बरसिं राई

NCP gives ticket to Hari Roka in Khotang

खोटाङ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभाका लागि विश्लेषक डा. हरि रोकालाई उम्मेद्वार बनाउने भएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहालले रोकालाई आइतबार टिकट वितरण गरेका हुन् । ‘डा. हरि रोकालाई पार्टीका संयोजक दाहालले आज दिउँसो टिकट दिनुभएको हो,’ नेकपाकी केन्द्रीय सदस्य समिता कार्कीले भनिन् ।

नेकपा खोटाङले प्रत्यक्षतर्फ रोकासहित, टंक राई, देवान चाम्लिङ, प्रतिक कार्की, भीम राई, रामकुमार राई र शम्भू घिमिरेको नाम सिफारिस गरेको थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully